शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन: सुमना श्रेष्ठ

काठमाण्डु टुडे २०८२ असार १२ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, १२ असार– पूर्व शिक्ष विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने बताएकी छन ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने रास्वपा सांसद श्रेष्ठले यस्तो बताएकी हुन । ‘निजी खोल्न दिने कि नदिने रु भन्ने प्रश्न छ । भैरहेकोलाई के गर्ने ? शिक्षालाई गैरनाफामूलक बनाउने हो,’ सांसद श्रेष्ठले भनेकी छिन्, ‘जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन । संविधानको स्प्रिट नबोक्ने हो भने संविधान चेन्ज गरौं ।’

उक्त प्रस्ताव अघि सार्दै उनले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनपर्ने पनि बताएकी छन । उनले भनिन, ‘निजीलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्छ । १५ वर्षपछि क्रमश गैरनाफामूलक लोककल्याणकारी हुने बनाउनु पर्छ ।’

त्यसका लागि समय सीमा नै तोकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘एउटा समय सिमा तोकेर जाऔं । १५ वर्षमा निजीलाई राष्ट्रियकरण होइन गैरनाफामूलक बनाऔं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us