आधुनिक अष्ट्रेलिया निर्माताको निधन

काठमाण्डु टुडे २०७६ जेठ २ गते १७:०३ मा प्रकाशित

एजेन्सी – अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बब हकको ८९ वर्षमा निधन भएको छ ।

उनकी श्रीमती तथा बायोग्राफर ब्लान्च डी एल्पुगेट पूर्व प्रधानमन्त्री हकको निधन बिहीबार भएको जानकारी दिइन् । उनी सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री भएका थिए ।

अष्ट्रेलियामा सबैभन्दा धेरै प्रधानमन्त्रीको रुपमा रहनेमध्ये उनी तेस्रो नम्बरमा पर्छन् । अष्ट्रेलियाको २३औँ प्रधानमन्त्री बनेका उनी लेबर पार्टीमा आबद्ध थिए ।

हकलाई आधुनिक अष्ट्रेलियाका निर्माताका रुपमा पनि चिनिन्छ । अष्ट्रेलियाको अर्थतन्त्रलाई बलियो बनाउनुका साथै, स्वास्थ्य क्षेत्र र वातावरणको क्षेत्रमा हकको योगदान अतुलनीय रहेको बताइन्छ ।

उनले अष्ट्रेलियाको चार वटा संघीय चुनाव जितेका थिए । उनका श्रीमती र तीन छोराछोरी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us