ह्वीलचेयर क्रिकेटमा नेपालको लगातार दोस्रो हार

काठमाण्डु टुडे २०७६ जेठ २ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, २ जेठ – एसिया कप ह्वीलचेयर टी–ट्वेन्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयो ।


कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका लागि होमनाथ राईले ३६ रन बनाए ।

यस्तै कप्तान दिगमसिंह चेम्जोङले ३५ रन, डम्बर मगरले १९ र विष्णुपुकार श्रेष्ठले १६ रन जोडेका थिए । बंगलादेशका मोहिदुल अस्लामले ३ विकेट लिए ।

नेपालले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, जाबेद अहमेदले ३८ रन जोड्दा साजिद हुसेनले ३१ तथा मोहमद असिप हुसेनले अविजित १३ रन बनाए । नेपालका कप्तान दिगम सिंह चेम्जोङ र सुपर राईले १/१ विकेट लिए ।

यो हारसंगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । नेपाल बुधबार भएको पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ । बंगलादेशको यो पहिलो जित हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us