तराई मुक्ति मोर्चा र सीके राउतसँग असन्तुष्ट पक्षबीच पार्टी एकता

काठमाण्डु टुडे २०७६ जेठ २ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २ जेठ – स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा. सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा. मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।

मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले बिहीबार एकीकरण भएको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अलग मधेशको मुद्दा छाडेर छिट्टै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

विज्ञप्तिमा मधेशलाई सबैले धोका दिँदै आएकाले मधेश मुक्तिका लागि अघि बढ्ने प्रतिबद्धता गरेको छ । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us