गगनसँग प्रधानमन्त्रीले भनेका थिए: नेपालमा संघीयता चल्दैन !

काठमाण्डु टुडे २०७६ जेठ २ गते ११:३९ मा प्रकाशित

सुर्खेत, २ जेठ – नेपाली कांग्रेसका नेता गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको आरोप लगाएका छन् । थापाले प्रधानमन्त्री को संज्ञा समेत दिएका छन् ।

सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए ।

‘नेपालको इतिहासमा यो सर्वाधिक बलियो सरकार हो’ उनले भने, ‘प्रधानमन्त्री संघीयताप्रति चरम अरुचि राख्ने व्यक्ति हो । हामीसँग पटक–पटक छलफलमा भन्नु भएको छ नेपालमा संघीयता चल्दैन यो मलाई हुँदै हुँदैन भनेर ।’

थापाले चित्रबहादुर केसीलाई नेपालमा संघीयता चल्दैन भन्ने हक भएको तर प्रधानमन्त्रीलाई त्यो हक नभएको बताए ।

थापाले स्थानीय सरकारलाई अधिकारविहीन बनाइएको पनि जिकिर गरे । केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको थापाको टिप्पणी छ ।

थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको पनि आरोप लगाए । नेकपाको एकता चुनाव जित्नका लागि मात्रै भएको थापाको टिप्पणी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us