
बिर्तामोड, २ जेठ – झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । हल्दिबारी– ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका थिए ।
हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए ।