रुपन्देही, ८ जेठ – प्रहरीले साथीको हत्या आरोपमा रुपन्देहीमा ४ जनालाई पक्राउ गरेको छ । कपिलबस्तु बाडगंगा नगरपालिका– ६ बस्ने २७ वर्षीय चिरञ्जिवि आचार्यको हत्या गरी जंगलमा फालेको अभियोगमा प्रहरीले सोहि ठाउँकै २० वर्षीय राजु विक, ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल...
काठमाण्डु, ८ जेठ – काठमाण्डु महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ । हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट...
काठमाण्डु, ८ जेठ – गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने...
काठमाण्डु, ८ जेठ – नेकपाले शक्तिशाली जनवर्गीय संगठन अनेरास्ववियूको सह–संयोजकको जिम्मेवारी दिएपछि असन्तुष्ट रहेका तत्कालीन अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पार्टीको निर्णय र निर्देशन मान्ने बताएका छन् । बुधबार विहान गृह जिल्ला झापामा प्रेस संगठन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तामाङले आफूमाथि पटक–पटक अन्याय हुने...
काठमाण्डु, ८ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति भएको नौजनाको हत्याकाण्डबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् । गृहमन्त्री थापाले मिक्लाजुङ गाउँपालिकाको घटनालगायत अन्य सार्वजनिक महत्वका विषयमा बुधबार बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् । आफ्नै ज्वाईले...
नयाँ दिल्ली, ८ जेठ – तापक्रम बढ्दै जाँदा मानिसहरुले तापक्रम घटाउनलाई अनेक किसिमका प्रयत्न गरिरहेका हुन्छन् । यसै क्रममा भारतको अहमदावादमा एउटा अनौँठो दृश्य देखिएको छ । कारलाई अत्यधिक तामक्रमबाट जोगाएर चिसो बनाइराख्न अहमदावादका एकजना स्थानीयले गाईको गोबरले कारलाई कभर गरेका छन् । फेसबुकमा...
काठमाण्डु, ८ जेठ – पाँचथरको मिक्लाजोङमा मंगलबार राति दुई परिवारका नौ जनाको हत्या भएपछि पोष्टमार्टमका लागि शव लैजान कोही भएनन् । परिवारका सदस्य नभएपछि चार जना वडा सदस्यको टोलीले बुधबार शव लिएर पोष्टमार्टम गर्न धरान लगेका छन् । धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
पाल्पा, ८ जेठ – राम्दीबाट कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन् । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना अगाडि बढ्न थालेपछि यसका विरुद्धमा तल्लो तटीय क्षेत्र प्रदेश नम्बर ५ र...
काठमाण्डु, ८ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत ल्याइएको बताएका छन् । बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद...
काठमाण्डु, ८ जेठ – गएको फागुन १८ गते राति मृत फेला परेका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
काठमाण्डु, ८ जेठ – प्रहरीले सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्रउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतीहारी, घोडा...
काठमाण्डु, ८ जेठ – मेडिकल चेकजाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका १६ वर्षे किशोर पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा श्रेष्ठ केही समयअघि पक्राउ परेका थिए । श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएका...