पाँचथर हत्याकाण्डः १० जनाको शव पोष्टमार्टम हुँदै

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १४:३० मा प्रकाशित

काठमाण्डु, ८ जेठ – पाँचथरको मिक्लाजोङमा मंगलबार राति दुई परिवारका नौ जनाको हत्या भएपछि पोष्टमार्टमका लागि शव लैजान कोही भएनन् । परिवारका सदस्य नभएपछि चार जना वडा सदस्यको टोलीले बुधबार शव लिएर पोष्टमार्टम गर्न धरान लगेका छन् ।

धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सुरु भएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए ।

हत्या भएका नौ जना र हत्यापछि आत्महत्या गरेको हुन सक्ने शंका गरिएका मानबहादुर माखिमसहित १० जनाको पोष्टमार्टम सुरु भएको हो । पोष्टमार्टमको रिपोर्ट आएपछि अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us