एसईईको नतिजा सार्वजनिक, गत वर्षभन्दा १४ प्रतिशत बढी परीक्षार्थी ग्रेडेड

काठमाण्डु टुडे २०८२ असार १३ गते २१:२७ मा प्रकाशित

काठमाण्डू, १३ असार– गत चैतमा सम्पन्न माध्यमिक परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार शुक्रबार साँझ नतिजा सार्वजनिक गरिएको हो । कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डले जनाएको छ । यो अघिल्लो वर्र्षको तुलनामा झण्डै १४ प्रतिशतले धेरै हो । गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए ।
कूल ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थी सहभागी भएकामा ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएको नतिजा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए ।
८१ हजार ३ सय ८५ जनाले ३.२ देखि ३.६ जिपिए प्राप्त गरेका बोर्डले जनाएको छ ।

८ देखि ३.२ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८९ हजार १ सय २४ र २ २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ४८ हजार ४ सय ७९ छन् ।
४ हजार १ सय २६ जनाले २ देखि २.४ जिपिए, ८ जनाले १.६ देखि २ जिपिए ल्याएको शर्माले बताए । उनका अनुसार १ सय २६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

परीक्षाको नतिजा थाहा पाउन बोर्डको वेबसाइट https://neb.gov.np/  हेर्न सकिन्छ ।

ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us