
काठमाण्डु, ८ जेठ – मेडिकल चेकजाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका १६ वर्षे किशोर पदम श्रेष्ठलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा श्रेष्ठ केही समयअघि पक्राउ परेका थिए । श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएका थिए ।
पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको सादा पोसाकको टोलीले टोखा नगरपालिका–१० स्थित हिलेटोलबाट पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।
श्रेष्ठ महानगरीय प्रहरी बृत महाराजगन्जको थुनुवा कक्षमा थिए ।