
नयाँ दिल्ली, ८ जेठ – तापक्रम बढ्दै जाँदा मानिसहरुले तापक्रम घटाउनलाई अनेक किसिमका प्रयत्न गरिरहेका हुन्छन् ।
यसै क्रममा भारतको अहमदावादमा एउटा अनौँठो दृश्य देखिएको छ । कारलाई अत्यधिक तामक्रमबाट जोगाएर चिसो बनाइराख्न अहमदावादका एकजना स्थानीयले गाईको गोबरले कारलाई कभर गरेका छन् ।
फेसबुकमा रुपेश गौरङ् दाशले कारको फोटो राख्दै भनेका छन्, ‘आजसम्म मैले गाईको गोबरको यस्तो प्रयोग देखेको थिइँन ।’