राजा वीरेन्द्र र परिवारका नामको खर्बौंको सम्पत्ति कौडीको मूल्यमा दुरुपयोग

२०७६ जेठ ८ गते ६:५२

काठमाण्डु, ८ जेठ– तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाण्डु उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यवसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल...

प्रधानन्यायाधीशले नै सार्वजनिक पोखरी व्यक्तिका नाममा गरेको खुलासा

२०७६ जेठ ८ गते ६:४२

काठमाण्डु, ८ जेठ– सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ । अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश (हाल प्रधानन्यायाधीश) चोलेन्दशमशेर जबराको इजलासले २०७२ जेठ १८ गते...

अमेरिकी राजदूतमाथि ‘एक्सन’ लिने तयारीमा सरकार !

२०७६ जेठ ८ गते ६:२७

काठमाण्डु, ८ जेठ– अमेरिकी राजदूत -याण्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए । त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न...

१५ वर्षअघि निधन भएका कर्मचारीको सडक विभागमा सरुवा !

२०७६ जेठ ८ गते ५:३४

काठमाण्डु, ८ जेठ– कर्मचारी समायोजनका क्रममा १५ वर्षअघि निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान घर भई सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १५ वर्षअघि मृत्यु भए समायोजन हुँदा...

भारतीय सेना हतियारसहित नेपाल पसेपछि…

२०७६ जेठ ७ गते २१:३१

नवलपरासी, ७ जेठ– हतियारसहित नेपाल पसेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पश्चिम नवलपरासीस्थित दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताविपरीत अस्थायी पोस्ट निर्माण गरेको छ । एसएसबीले सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रमा पोस्ट निर्माण गरेको हो । नेपाली भूमि मिचेर बसेका एसएसबीले...

पाँचथर नरसंहारको घटनामा ट्वीस्ट, सिडिओले के भने ?

२०७६ जेठ ७ गते २१:१८

नवलपरासी, ७ जेठ– पाँचथरको विकट मिक्लाजुङमा दुई परिवारका ९ जनाको सामूहिक हत्या भएको विषयमा त्यहाँका प्रमुख जिल्ला अधिकारीले मुख खोलेका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले प्रारम्भिक अनुसन्धानले घटनामा नजिकका आफन्तकै संलग्नता रहेको देखाएको बताए । घटनामा संलग्नताको आशंका गरिएका युवक मनबहादुर...

निर्माण व्यवसायी महासंघले दियो सरकारलाई सात दिने अल्टिमेटम

२०७६ जेठ ७ गते १७:४५

काठमाण्डु, ७ जेष्ठ – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही प्रावधान उचित नभएको भन्दै खारेज वा संशोधन गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले एक हप्ताभित्रमा आफ्ना माग पूरा नभएमा देशव्यापी...

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

२०७६ जेठ ७ गते १७:३३

काठमाण्डु, ७ जेष्ठ – ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्धय बराल र शेर्पा भक्तपुरस्थित् शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा अनशनरत...

भोजपुरमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार

२०७६ जेठ ७ गते १७:१४

काठमाण्डु, ७ जेठ – प्रहरीले भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तामाथि गोली प्रहार गरेको छ । गोली प्रहारबाट विप्लव समूहका जिल्लास्तरीय नेता तिर्थराज घिमिरे घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको छ । पक्राउ गर्न खोज्दा...

मोडल खुश्बु ओलीलाई ३ महिना जेल सजाय

२०७६ जेठ ७ गते १७:०५

काठमाण्डु, ७ जेठ – चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाण्डु जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । सप्तरीका...

करारबाट कर्मचारी नियुक्त गर्ने सरकारको तयारी

२०७६ जेठ ७ गते १६:४७

काठमाण्डु, ७ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले सबै कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गरे । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा...

पाँचथर हत्याकाण्डः रगत लतपतिएको खुकुरी भेटियो

२०७६ जेठ ७ गते १६:२६

काठमाण्डु, ७ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मनबहादुर माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला परेको छ । माखिम रुखमा पासो लगाई झुण्डिएर मृत फेला परेको स्थान आसपास खोजतलास गर्दा हतियार र कपडा फेला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us