भोजपुरमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – प्रहरीले भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तामाथि गोली प्रहार गरेको छ । गोली प्रहारबाट विप्लव समूहका जिल्लास्तरीय नेता तिर्थराज घिमिरे घाइते भएका छन् ।

उनको खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको छ । पक्राउ गर्न खोज्दा घिमिरेले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us