मोडल खुश्बु ओलीलाई ३ महिना जेल सजाय

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाण्डु जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि खुश्बुविरुद्ध साउन १९ गते मुद्दा दार्ता गरेका थिए । सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन् ।

विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि आदेश गरेको काठमाण्डु जिल्ला अदालतका मुद्दा शाखाका अधिकृत टिकासिंह खत्रीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us