पाँचथर हत्याकाण्डः गृहमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति भएको नौजनाको हत्याकाण्डबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

गृहमन्त्री थापाले मिक्लाजुङ गाउँपालिकाको घटनालगायत अन्य सार्वजनिक महत्वका विषयमा बुधबार बस्‍ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।

आफ्नै ज्वाईले हत्या गरेको प्रहरीले आशंका गरेको छ । सोमबार राति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या गरिएको थियो। धनराज बमबहादुरका ज्वाइँ हुन् । उनीहरुको घर पैदल १५ मिनेटको दूरीमा छ ।

बमबहादुरसहित श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक र नातिनी आसिका खजुमको हत्या भएको थियो। धनराजसहित श्रीमती जस्मिता फियाक ९शेर्मा०, छोरीहरु युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको थियो ।

बमबहादुरकै नातिनी १२ वर्षीया सीताले भने भागेर ज्यान बचाएकी थिइन् । उनले ज्यान बचाउन भाग्ने क्रममा ठोक्किएर दाहिने हात भाँचिएको बताएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us