मूलपानीमा सुनचाँदी पसल फोड्दाफोड्दै सात जना पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १४:०० मा प्रकाशित

काठमाण्डु, ८ जेठ – प्रहरीले सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति कागेश्‍वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्रउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतीहारी, घोडा सहनी घर भई हाल सोही मूलपानीमै सिरक डसना बनाउने १९ वर्षीय लड्डुकुमार सहित ७ जना रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदीजस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ । सातै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us