कोशीका मुख्यमन्त्री बर्खास्तीको माग लिएर सर्वोच्च जाँदै एमाले

२०८० भदौ ६ गते १३:५०

काठमाण्डु, ६ भदौ– एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले आज सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् । एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले अहिले केहीबेरमा रिट...

काठमाण्डुबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ को मृत्यु

२०८० भदौ ६ गते १२:३७

काठमाण्डु, ६ भदौ– बुधबार बिहान काठमाण्डुबाट पोखराका लागि छुटेको यात्रु बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरीबाट त्रिशूली नदीमा खस्दा ८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ६ महिला र २ पुरुष छन् । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११...

जेबी टुहुरेलाई जनगायकको सम्मान दिने मन्त्रिपरिषदको निर्णय

२०८० भदौ ६ गते १२:२९

काठमाण्डु, ६ भदौ– सरकारले स्वर्गीय जेबी (जुठबहादुर) टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको सरकारकी एवं सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । टुहुरेका ‘आमा दिदी बैनी हो’, ‘कालो वनको बीचैमा’, ‘बसाइँ...

६० केजी सुन तस्करी प्रकरणः सिंहदरबारमा सर्वदलीय बैठक जारी

२०८० भदौ ६ गते १२:१२

काठमाण्डु, ६ भदौ–६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे निर्णय गर्न प्रतिनिधिसभामा रहेका राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा शीर्ष नेताको बैठक बसेको हो । यसअघि...

गजुरीबाट त्रिशुलीको भेलमा खस्यो यात्रुसहितको बस

२०८० भदौ ६ गते ११:५६

धादिङ, ६ भदौ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीमा गुडिरेहको बस त्रिशूली नदीमा खसेको छ । गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार बस बिहान १० बजेर ४० मिनेटमा त्रिशूलीमा खसेको हो ।...

भैंसीको ठक्करबाट दुईवटा कारमा क्षति, महिला घाइते

२०८० भदौ ६ गते ११:५१

काठमाण्डु, ६ भदौ– मत्ता भैंसीको आक्रमणमा काठमाण्डुको बुद्धनगरस्थित ढुंगेधारमा एक महिला घाइते भएकी छन् । उफ्रिंदै आएको भैंसीले कुल्चिएर महिला घाइते भएको प्रहरीले जनाएको छ । महिलाको हाल उपचार भइरहेको छ । यस्तै भैंसीले ठक्कर दिँदा दुईवटा कारमा क्षति पुगेको काठमाण्डु प्रहरीका प्रवक्ता एसपी...

बानेश्वरमा आतंक मच्चाउने भैंसीको साहु खोज्दै प्रहरी

२०८० भदौ ६ गते ११:४५

काठमाण्डु, ६ भदौ– प्रहरीले नयाँबानेश्वर र बुद्धनगरमा बुधबार बिहान आतंक मच्चाउने भैंसी साहुको खोजी थालेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी कुमोध ढुंगेलले उक्त भैंसी कसको हो र कसरी त्यहाँ आइपुग्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको बताए । ढुंगेलका अनुसार भैंसीको एउटा सिङ...

बानेश्वरमा भैंसी आतंक, नियन्त्रणमा लिन पाँच घण्टा

२०८० भदौ ६ गते ११:४१

काठमाण्डु, ६ भदौ– नयाँबानेश्वर र बुद्धनगरमा आतंक मच्चाउने भैंसी पाँच घन्टापछि नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी कुमोध ढुंगेलले  वन कार्यालय स्युचाटारबाट आएको टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइएको बताए । बुधबार बिहान ६ बजेको समयमा बुद्धनगर क्षेत्रमा देखापरेको भैंसीले...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० भदौ ६ गते ९:२०

काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारमा बिहान ९ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो । प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार नियमित बैठक बस्न नसकेपछि आज बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमै संसद्मा प्रतिनिधित्व गर्ने...

पर्यटनमन्त्री किराँतीलाई पितृशोक

२०८० भदौ ६ गते ७:५८

काठमाण्डु, ६ भदौ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । आफ्ना पिता हर्क राईको ७६ वर्षको उमेरमा उपचारका क्रममा बुधबार बिहान निधन भएको किराँतीले पुष्टि गरे । सामाजिक सञ्जालमार्फत किराँतीले आफ्ना पिताको निधन भएको पुष्टि गरेका छन् । पिताको निधन...

एमालेले साउन १० पछि अवरुद्ध संसद बैठक आज चल्न दिने

२०८० भदौ ६ गते ७:४९

काठमाण्डु, ६ भदौ– १० साउनयता एमाले अवरोधका कारण पटकपटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । एमालेको मागअनुसार ६० केजी सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने घोषणा गर्न सरकार तयार भएपछि संसदको अतिरोध अन्त्य हुने भएको हो । सोमबार राति...

बहालवाला न्यायाधीशको नेतृत्वमा बन्दैछ सुन तस्करी छानबिन आयोग

२०८० भदौ ६ गते ७:३७

काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष केपी ओली बैठकमा उपस्थित हुन तयार भए सरकारले आज ६० केजी सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको घोषणा गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समिति गठनको सहमतिका लागि मंगलबार बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा ओली उपस्थित भएनन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us