प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८० भदौ ६ गते ९:२० मा प्रकाशित

काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सिंहदरबारमा बिहान ९ बजे मन्त्रिपरिषद बैठक बोलाइएको हो । प्रधानमन्त्रीको व्यस्तताका कारण मंगलबार नियमित बैठक बस्न नसकेपछि आज बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमै संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बस्दै छ ।

उक्त बैठकले ६० केजी ६० सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको कार्यादेश र क्षेत्राधिकारबारे सहमति गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us