दाउन्नेमा बस दुर्घटना, २९ घाइते

२०८० भदौ ५ गते १२:४९

नवलपरासी, ५ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको त्रिवेणी गाउँपालिका–२ दाउन्ने घ्युखोलामा बस दुर्घटना भएको छ । दुर्घटनामा हुँदा २९ जना घाइते भएका नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए । पौडेलका अनुसार धनगढीबाट काठमाण्डु आउँदै गरेको सुपप्र०१–००१ख२९८६ नम्बरको बस मंगलबार बिहान ब्रेक फेल भएर पल्टिएको...

ललिता निवास जग्गा प्रकरणः सीआईबीले बुझायो सरकारी वकिललाई प्रतिवेदन

२०८० भदौ ५ गते १२:४१

काठमाण्डु, ५ भदौ– प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिको नाममा ल्याइएको प्रकरणबारेको छानबिन प्रतिवेदन सरकारी विकललाई बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार उक्त प्रतिवेन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुलाई बुझाएको हो । सीआईबी प्रवक्ता एसपी नवराज...

राष्ट्रपतिले दलहरुलाई बोलाएकामा एमालेको आपत्ति

२०८० भदौ ५ गते १२:२९

काठमाण्डु, ५ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको मंगलबार बिहान बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित भएको छ । राष्ट्रपतिले कार्यकारी शैली देखाएको भन्दै एमाले राष्ट्रपतिको बोलाएको बैठकमा नगएको हो । राष्ट्रपतिले संसदमा जारी अवरोध खुलाउन आग्रह गर्नका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष...

सशस्त्र प्रहरीका दुई हवल्दार र १० जवान सम्पर्कविहीन

२०८० भदौ ५ गते ९:४७

काठमाण्डू, ५ भदौ–सशस्त्र प्रहरी बलले आफ्ना १२ कर्मचारी सम्पर्कविहीन भएकोजनाएको छ । सशस्त्र मुख्यालयले एक सूचनामार्फत केही समययता आफूकार्यरत कार्यालयमा बिना जानकारी अनुपस्थित रहनेहरुको नाम सार्वजनिकगरेको छ । सम्पर्कविहीन दुई हवल्दार र १० जना जवान छन् । उनीहरुमध्ये कोही बिदामा गएर सम्पर्कविहीन भएको र...

नारायणगढ-मुग्लिन सडक खुल्न अझै ६ घण्टा लाग्ने

२०८० भदौ ५ गते ९:१४

चितवन–५ भदौ– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउनअझै पाँच/छ घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सीपुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए।‘हिजो...

राष्ट्रपतिले नेताहरुलाई बोलाए शीतलनिवास

२०८० भदौ ५ गते ७:४७

काठमाण्डु, ५ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा सर्वदलीय बैठक बोलाएका छन् । संसदमा राजी गतिरोधसहित समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपतिले दलका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपतिले संसदको अवरोध हटाउन भइरहेका...

आज देशभर भारी वर्षा

२०८० भदौ ५ गते ७:३९

काठमाण्डु, ५ भदौ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि विभिन्न प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको तथा भारत उत्तर मध्य प्रदेश र...

के नारायणकाजी र प्रकाशशरण महत पनि छानबिन दायरामा पर्दैछन् ?

२०८० भदौ ५ गते ७:३४

काठमाण्डु, ५ भदौ– तस्करीको ६० केजी सुन प्रकरण छानबिन गर्न बन्ने उच्चस्तरीय समितिको कार्यादेश तयार पार्न गठित मस्यौदा समितिको बैठक बस्दैछ । बैठकले समितिको कार्यादेश र संरचनाको खाका तयार पारी दिउँसो २ बजे बस्ने शीर्ष नेताको बैठकमा पेश गर्ने कार्यदल सदस्य एमाले संसदीय दलका...

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सर्बदलीय सहमति

२०८० भदौ ५ गते ५:४४

काठमाण्डू, ४ भदौ–राजनीतिक दलहरुबीच सुन तस्करी छानबिन गर्न उच्चस्तरीयसमिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमासोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीयसमिति गठन गर्ने निर्णय गरेको हो । समितिका लागि निर्देशित सर्तहरू तयार पार्न एक कार्यदल गठन गरिएको छ । कार्यदलमा...

कोशीका मुख्यमन्त्रीविरुद्ध एमाले अदालत जाने

२०८० भदौ ४ गते २२:४९

काठमाण्डु, ४ भदौ– प्रमुखप्रतिपक्षी एमाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध अदालतजाने भएको छ । थापाले संविधानविपरीत विश्वासको मत लिएकाले अदालतजाने तयारी गरिएको एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए। बैठकको अध्यक्षता गरेका सदस्यसमेतले मत दिएर बनेका मुख्यमन्त्रीलाईमान्यता नदिने उनको भनाइ थियो । सभामुखको...

सशस्त्रका दुई डिआईजी र १० एसएसपीको सरुवा

२०८० भदौ ४ गते २२:२६

काठमाण्डू, ४ भदौ–गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डिआईजी) र १०एसएसपीको एकैसाथ सरुवा गरेको छ । डिआईजी कमल गिरीलाई प्रधानकार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ ।प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनीबाहिनी मुख्यालय रुपन्देही पठाएको छ । सशस्त्रका प्रहरी...

झाडीमा भेटियो नवजात शिशु

२०८० भदौ ४ गते २२:१२

बाजुरा, ४ भदौ– बाजुराको त्रिवेणी नगरपालिका–४तोलीको ढोगदेना गाउँमा सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही नगरपालिका–४ तोलीका स्थानीयले बेवारिसे अवस्थामा शिशु झाडीमा फालेको देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी चौकी मौरेबाट खटिएको टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us