दाउन्नेमा बस दुर्घटना, २९ घाइते

काठमाण्डु टुडे २०८० भदौ ५ गते १२:४९ मा प्रकाशित

नवलपरासी, ५ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्वको त्रिवेणी गाउँपालिका–२ दाउन्ने घ्युखोलामा बस दुर्घटना भएको छ ।

दुर्घटनामा हुँदा २९ जना घाइते भएका नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

पौडेलका अनुसार धनगढीबाट काठमाण्डु आउँदै गरेको सुपप्र०१–००१ख२९८६ नम्बरको बस मंगलबार बिहान ब्रेक फेल भएर पल्टिएको हो ।
घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दुम्कीबास स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us