
काठमाण्डू, ४ भदौ–राजनीतिक दलहरुबीच सुन तस्करी छानबिन गर्न उच्चस्तरीयसमिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमासोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीयसमिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका लागि निर्देशित सर्तहरू तयार पार्न एक कार्यदल गठन गरिएको छ । कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेका सुवासनेम्वाङ र माओवादी नेता हितराज पाण्डे छन् । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले कार्यदलले मंगलबार बिहान ११बजेसम्म मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ । त्यसलाई अन्तिम रूप दिन मंगलबार दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक बस्ने तयभएको छ । गत २ साउनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले१० साउनयता लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बोलाएका थिए।
एमाले प्रमुख सचेतक गिरीले उच्चस्तरीय छानबिन समिति बनाउने सहमतिमा सरकार कायम रहे आजका लागि बोलाइएको संसद बैठकचल्न दिने बताए ।