
काठमाण्डु, ५ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा सर्वदलीय बैठक बोलाएका छन् ।
संसदमा राजी गतिरोधसहित समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपतिले दलका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार राष्ट्रपतिले संसदको अवरोध हटाउन भइरहेका प्रयासबारे जानकारी लिनेछन् । ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय राजनीतिक समिति गठनको माग गर्दै एमालेले गत १० साउनयता लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रपतिले संसद सुचारु गर्ने प्रयासमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र सभमुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डको पहलमा मंगलबार राति अबेरसम्म सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सहमित भएको छ ।
सरकार सहमतिमा अडिग रहे आज बोलाइएको संसद बैठक चल्न दिने एमालेले जनाएको छ ।