काठमाण्डु, ४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक साँझ ७ बजेका लागि सरेको छ । खराब मौसमका कारण सुदूरपशिचमबाट प्रधानमन्त्री काठमाण्डु फर्कन नसकेपछि बैठकको समय पर सारिएको हो । कर्णाली प्रदेश स्थापना दिवसको कार्यक्रममा सहभागी हुन उनी सुर्खेत गएका छन् । यसअघि...
काठमाण्डु, ४ भदौ– संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सोमबारको बैठकमा समितिले श्रेष्ठको कार्ययोजना सुनेपछि उनको नाम अनुमोदन गरेको हो । अनुमोदन हुनुअघि श्रेष्ठले सांसदका प्रश्नहरुको जवाफ दिएका थिए । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई गत...
काठमाण्डु, ४ भदौ– प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ विशेष समितिमा बोल्दाबोल्दै गला अवरुद्ध भएको छ । श्रेष्ठ सुनुवाइका लागि समितिमा सोमबार उपस्थित भएका थिए । उनले प्रधानन्यायाधीश भएपछि गर्ने कार्ययोजना प्रस्तुत गर्नुका साथै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए । श्रेष्ठले न्यायापालिका सुधारका लागि...
काठमाण्डु, ४ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले दिवंगत नेता प्रदीप गिरी बीपी कोइरालापछिकै ठूलो समाजवादी चिन्तक भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा देउवाले समाजवादी चिन्तकमा बीपीपछि प्रदीप गिरिको नाम आउने बताए । गिरीका प्रकाशोन्मुख कृति...
काठमाण्डु, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । उपसभामुख श्रृजना दनुवार प्रदेशसभा बैठक छलेर उपचारका लागि भन्दै काठमाण्डु हिंडेपछि उत्पन्न अन्यौलताबारे सत्ता गठबन्धनमा रहेका दलबीच छलफल भएको छ । विराटनगरमा भएको छलफलले आजै थापाले विश्वासको मत लिने...
काठमाण्डु, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख श्रृजना दनुवारले प्रदेशसभा बैठक छलेर संसदीय मर्यादा तोडेको आरोप लगाएका छन् । थापाले सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सोमबार विश्वासको मत लिने सम्भावना कम भएर गएको बताए । उपसभामुख दनुवार प्रदेशसभा बैठक छाडेर सोमबार...
काठमाण्डु, ४ भदौ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली मोही खडा गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पास गरिएको प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबी उच्च अधिकारी बयानका लागि आइतबार साँझ कोटेश्वरस्थित नेपाल...
काठमाण्डु, ४ भदौ– सत्तारुढ तीन र सत्ताबाहिरको एक दल सम्मिलत समाजवादी मोर्चाले ८ भदौदेखि सातवटै प्रदेशमा जनसभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा सोमबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका आुरार बैठकले भदौ...
काठमाण्डु, ४ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई बयान दिएका छन् । भट्टराईले सीआईबी अधिकारीलाई आइतबार साँझ टोखास्थित घरमै बोलाएर आइतबार बयान दिएका हुन् । भट्टराईले आफू प्रधानमन्त्री भएका...
सुर्खेत, ४ भदौ–कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमासार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखाअधिकृत निर्मला रेग्मीले जानकारी दिइन् । कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९...
काठमाण्डु, ४ भदौ– समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । यसअघि उनी आइतबार संसदको गतिरोध हटाउने प्रयासमा प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित थिए । सरकारले मधेस आन्दोलनका...
काठमाण्डु, ४ भदौ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर अधिक वर्षा हुने जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि मुलुकका अधिकांश स्थानमा वर्षात जारी छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पनि एक/दुई स्थानमा...