
काठमाण्डु, ४ भदौ– कांग्रेस सभापति शेरबहादुर देउवाले दिवंगत नेता प्रदीप गिरी बीपी कोइरालापछिकै ठूलो समाजवादी चिन्तक भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा गिरिको स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा देउवाले समाजवादी चिन्तकमा बीपीपछि प्रदीप गिरिको नाम आउने बताए ।
गिरीका प्रकाशोन्मुख कृति प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बचन उनले दिए ।
‘समाजवादी चिन्तकको रुपमा बीपी कोइरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान् हो, बीपीपछिको ठूलो समाजवादी चिन्तक हो’, देउवाले भने, ‘उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ । पार्टीले पनि सहयोग गर्नेछ ।’
गिरी पार्टीबाहिर समेत धेरैले सम्मान रहेको पनि बताए ।