
काठमाण्डु, ४ भदौ– सत्तारुढ तीन र सत्ताबाहिरको एक दल सम्मिलत समाजवादी मोर्चाले ८ भदौदेखि सातवटै प्रदेशमा जनसभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा सोमबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका आुरार बैठकले भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा र २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको हो ।
उनले सभाबाटै प्रदेश स्तरमा पनि मोर्चा गठन घोषणा गरिने निर्णय भएको बताए । सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेकपा एकीकृत समाजवादी र संविधान नमान्ने घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गत ४ असारमा मोर्चा घोषणा गरेका थिए ।