प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन

काठमाण्डु टुडे २०८० भदौ ४ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सोमबारको बैठकमा समितिले श्रेष्ठको कार्ययोजना सुनेपछि उनको नाम अनुमोदन गरेको हो । अनुमोदन हुनुअघि श्रेष्ठले सांसदका प्रश्नहरुको जवाफ दिएका थिए ।

संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई गत १९ साउनमा प्रधानन्यायाधीशमा सिफारिस गरेको थिो । त्यसरी सिफारिस भएको व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । अब श्रेष्ठलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

सुनुवाइका क्रममा श्रेष्ठले न्यायापालिका सुधारका लागि कुनै कसर बाँकी नराख्ने बताए । सांसदका सुझावहरुलाई आफूले मनमा राखेको र व्यवहारबाटै गरेर देखाउने उनले बताए ।

‘यहाँहरुको सुझाव मैले मनमा राखेको छु । म काममा देखाउनेछु’, उनले भने, ‘न्यायपालिका सुधारका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us