काठमाण्डु, ४ भदौ– प्रमुखप्रतिपक्षी एमाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध अदालतजाने भएको छ । थापाले संविधानविपरीत विश्वासको मत लिएकाले अदालतजाने तयारी गरिएको एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए। बैठकको अध्यक्षता गरेका सदस्यसमेतले मत दिएर बनेका मुख्यमन्त्रीलाईमान्यता नदिने उनको भनाइ थियो । सभामुखको भूमिकामा प्रदेशसभा बैठककोअध्यक्षता गरेका कांग्रेसका इस्राइल मन्सुरीले सोमबार प्रदेशसभामा थापालाईविश्वासको मत दिएका थिए । भण्डारीले सत्तारुढ गठबन्धनले विश्वासको मतकानाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिएको बताए ।संसदीय अभ्यास र परम्परामा योभन्दा निन्दनीय काम हुनै नसक्ने ठहर एमालेलेगरेको छ । मत बराबर नभएको अवस्थामा सभामुखले मतदान गर्ने कल्पनासंविधान र कानूनले गरेको छैन ।