बाबुरामको टिप्पणीः श्री ५ त ठिक हुँदै होइनन्, श्री ३ पनि ठिक होइनन्

२०८२ वैशाख १८ गते १९:४०

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताप्रति लक्षित गर्दै श्री ३ हरूभन्दा श्री ५ नै ठिक हो कि भने जस्तो भ्रम मान्छेमा पर्न गएको बताएका छन । आज बिहीबार जनसंगठन...

‘कम्युनिष्ट पार्टी भन्ने तर, बिचौलिया र दलालहरूलाई पोस्ने…’

२०८२ वैशाख १८ गते १८:५०

काठमाण्डू, १८ वैशाख– पूर्वमन्त्री समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले कम्युनिष्टहरूले बिचौलिया र दलालहरूलाई ‘पोस्ने’ गरेको भन्दै निर्मम टिप्पणी गरेका छन् । आज (बिहीबार) परेको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै डा. रावलले यस्तो टिप्पणी गरेका हुन । नेता...

आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु

२०८२ वैशाख १८ गते १८:३९

काठमाण्डू, १८ वैशाख– मकवानपुरमा आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । बिहीबार स्थानीय रामबहादुर...

सिंहदरबारमा ओली–देउवा भेटवार्ता, गएनन् प्रचण्ड

२०८२ वैशाख १८ गते १८:३६

काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको छलफलमा माओवादी...

चाबहिलको सुन पसलमा आगलागी, एक करोडको क्षति

२०८२ वैशाख १८ गते १८:३०

काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब करोड बराबरको क्षति भएको छ । ६६ वर्षीया राधा पाण्डेको घरको ग्राउण्ड फ्लोरमा काठमाण्डूको बसुन्धरा बस्ने भोजपुर घर भएका ४४ वर्षीय सन्तोष बराइलीले सञ्चालन गरेको सुनचाँदी पसलमा बिहीबार बिहान आगलागी भएको...

सुरक्षाको बचाउमा प्रधानमन्त्रीले फेरि भनेः गीत नसुन्नेकै कानमा कानेगुजी पलाउँछ

२०८२ वैशाख १८ गते १८:२२

काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघिदेखि विवादमा तानिएकी नायिका सुरक्षा पन्तबारे राजतन्त्र पक्षधरले गरेको आलोचनामाथि पुनः आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) एमाले निकट जिफन्टले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भुकुटिमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

विदेशको सिप र पूँजी स्वदेशको विकासमा लगाउनुस्ः देउवा

२०८२ वैशाख १८ गते १८:१४

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली स्...

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयोः कमल थापा

२०८२ वैशाख १८ गते १६:१२

काठमाण्डू, १८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन । अध्यक्ष थापाले अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको पनि बताएका छन । १६३ औं श्रमिक दिवसको...

जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल

२०८२ वैशाख १८ गते १५:३९

काठमाण्डू, १८ वैशाख– जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलासा भएको छ । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई बोलाएर सोधपुछ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।...

शिक्षक–कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

२०८२ वैशाख १८ गते १५:३२

काठमाण्डू, १८ वैशाख– विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । काठमाण्डूको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

२०८२ वैशाख १८ गते १५:२७

काठमाण्डू, १८ वैशाख– सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् । सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाण्डूको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् । खासमा उनी बुधबार...

एकचोटी फेरि नयाँ क्रान्तिको तयारी छौं, सरकारमा बस्ने रुचि छैनः प्रचण्ड

२०८२ वैशाख १८ गते १५:२३

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us