कांग्रेस–एमाले गठबन्धनमा समस्या छैनः देउवा

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको प्रतिक्रिया दिएका छन । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा सभापति देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

कांग्रेस सभापति देउवाले भने, ‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ देउवाले भने । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र काङ्ग्रेसबिच मतैक्यता नभएको चर्चा भइरहेको बेलामा देउवाले भने राष्ट्र बैङ्कभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो कारणले गभर्नर नियुक्तिमा ढिलाइ नभएको दाबी गरे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ देउवाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us