पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १७:१७ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन । पूर्वमन्त्री समेत रहेका नेपालको आज (मंगलबार) केहीबेर अघि निधन भएको हो ।

पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए । उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ ।’

उनले नेपालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us