५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छः प्रधानमन्त्री ओली

२०८२ वैशाख १९ गते १३:५१

काठमाण्डू, १९ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परिक्षा (एसईई)मा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा काठमाण्डूमा आयोजित...

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

२०८२ वैशाख १९ गते १३:१३

काठमाण्डू, १९ वैशाख– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन । आज (शुक्रबार) आवासीय चिकित्सक र नेपाल चिकित्संघको टोलीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने भनेर चिकित्सा शिक्षा आयोगले गरेको...

पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौंः देव गुरुङ

२०८२ वैशाख १९ गते १२:५३

काठमाण्डू, १९ वैशाख– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने धारणा राखेका छन । आज (शुक्रबार) पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले यस्तो बताएका हुन । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने...

नुवाकोटमा प्रदर्शन भएपछि काठमाण्डूबाट फोहोर बोकेर गएका २ सय गाडी बाटोमै रोकिए

२०८२ वैशाख १९ गते १२:४८

काठमाण्डू, १९ वैशाख– काठमाण्डूको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाण्डू महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् । फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकेका हुन । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर...

अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंहलाई म्याद थप गर्न लगिंदै

२०८२ वैशाख १९ गते १२:३३

काठमाण्डू, १९ वैशाख– सर्वोच्च अदालतको लेटरहेडमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइदै छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप...

मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित

२०८२ वैशाख १९ गते ११:३१

काठमाण्डू, १९ वैशाख– आज शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । साथै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८२ वैशाख १९ गते ११:२७

काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।...

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२०८२ वैशाख १९ गते ११:२२

काठमाण्डू, १९ वैशाख– सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४३ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कडरबोना नजिक सडकमा रोकिराखेको प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपरमा गए राति बा ६७...

मन्त्रिपरिषद बैठक बस्दै

२०८२ वैशाख १९ गते ९:५१

काठमाण्डू, १९ वैशाख– आज (शुक्रबार) मन्त्रिपरिषदको बैठक आज बस्दै छ । आज बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् । संघीय संसदको...

ट्रम्पले बर्खास्त गरे आफ्नै सुरक्षा सल्लाहकार

२०८२ वैशाख १९ गते ८:३५

काठमाण्डू, १९ वैशाख– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन् । यमनमाथि हमलाबारे गोप्य छलफल भइरहेको सिग्नल च्याट समूहमा वाल्जले पत्रकार जेफ्री गोल्डबर्गलाई समावेश गरेको विषय बाहिरिएको घटनामा उनलाई बर्खास्त गरिएको ह्वाइट हाउसले जनाएको छ । एट्लान्टिक पत्रिकाका प्रधान(सम्पादक...

भारतमा नेपाली छात्रा मृत्यु प्रकरणबारे के भन्छिन् आरजु राणा ?

२०८२ वैशाख १९ गते ८:२४

काठमाण्डू, १९ वैशाख– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा  नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनालाई लिएर नेपाल सरकारले तत्काल कूटनीतिक सक्रियता देखाएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले घटनापछि संवेदनशीलता देखाउँदै भारत सरकारसँग प्रत्यक्ष सम्पर्क गरिएको जानकारी दिएकी छन् ।...

प्रकृति लम्सालपछि केआईआईटीमा अर्की नेपाली विद्यार्थीको मृत्यु, के भन्छ भारतीय पक्ष ?

२०८२ वैशाख १९ गते ८:२१

काठमाण्डू, १९ वैशाख– भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थीको निधनको खबरले फेरि एकपटक शिक्षा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । वीरगञ्जकी २० वर्षीया प्रिशा शाह बिहीबार साँझ होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us