
काठमाण्डू, १९ वैशाख– काठमाण्डूको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाण्डू महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।
फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका–१ मा रोकेका हुन । बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले भनिन् ।