ट्रम्पले बर्खास्त गरे आफ्नै सुरक्षा सल्लाहकार

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते ८:३५ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन् ।
यमनमाथि हमलाबारे गोप्य छलफल भइरहेको सिग्नल च्याट समूहमा वाल्जले पत्रकार जेफ्री गोल्डबर्गलाई समावेश गरेको विषय बाहिरिएको घटनामा उनलाई बर्खास्त गरिएको ह्वाइट हाउसले जनाएको छ । एट्लान्टिक पत्रिकाका प्रधान(सम्पादक गोल्डबर्ग राष्ट्रपति ट्रम्पका कटु आलोचक हुन् ।
गोल्डबर्गले उक्त कुरा सार्वजनिक गरेपछि अमेरिकामा ट्रम्प प्रशासनको आलोचना बढेको थियो । ट्रम्पले वाल्जलाई हटाई संयुक्त राष्ट्रसंघका लागि राजदूत प्रस्ताव गरेका छन् । अस्थायी सुरक्षा सल्लाहकारको जिम्मेवारी परराष्ट्रमन्त्री मार्को रूबिओलाई दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us