कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते ११:२७ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us