अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंहलाई म्याद थप गर्न लगिंदै

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १२:३३ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सर्वोच्च अदालतको लेटरहेडमा अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइदै छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाउनुपर्ने पत्र लेख्ने अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका मुद्दा शाखाका प्रमुख तथा एसपी कुलदीप चन्दले जानकारी दिएका छन । उनलाई अब केहीबेरमा म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ ।

अनधिकृत पत्र लेख्दै रेशमलाई पक्राउ गर्न भन्दै उनी आफैं गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो । पत्र अनधिकृत भएको खुलेपछि पाँच घण्टामै उनी रिहा भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us