
काठमाण्डू, १९ वैशाख– सप्तरीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४३ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कडरबोना नजिक सडकमा रोकिराखेको प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपरमा गए राति बा ६७ प ९५७६ नम्बरको मोटरसाइकल ठोक्किएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) ढकेन्द्र ढकालले जानकारी दिएका छन । मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ गइरहेको थियो ।
मृतकको अहिलेसम्म सनाखत हुन नसकेको पनि उनले जानकारी दिए । मृतकको शव पोस्टमार्टमको लागि लहान प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।