पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौंः देव गुरुङ

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १२:५३ मा प्रकाशित

 

काठमाण्डू, १९ वैशाख– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने धारणा राखेका छन ।

आज (शुक्रबार) पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले यस्तो बताएका हुन । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने समेत प्रतिवद्धता समेत जनाएका छन ।

सरकारका असंवैधानिक गतिविधिमा मात्र खबरदारी गर्ने तर सुशासन र राष्ट्रियताको मुद्दामा सरकारको साथमा रहने उनले बताए । उनले भने, ‘सरकारले चालेका असंवैधानिक गतिविधिमा मात्र हामी प्रतिपक्ष बन्छौं, ‘सुशासन, राष्ट्रियताका मुद्दा र व्यवस्थाको विषयमा हामी सरकारसँग प्रतिपक्ष हौं भनेका छैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us