विदेशको सिप र पूँजी स्वदेशको विकासमा लगाउनुस्ः देउवा

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १८:१४ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न सबैलाई आग्रह गरेका छन् ।

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली स् सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । उनले देशको विकासमा सबैको योगदान आवश्यक रहेको पनि बताएका हुन ।

त्यसका लागि आवश्यक नीतिगत परिवर्तनका लागि आफू तयार रहेको पनि बताएका छन । उनले भने, ‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गराउनुपर्नेछ, निर्धक्क भन्नुहोस्, राष्ट्रिय सहमति गराएर कार्यान्वयन गराउनेछौं ।’

उनले नेपालमा लोकतन्त्र बचाउन विदेशमा रहेका शिक्षित, अनुभवी, परिश्रमी नागरिकको आवश्यक रहेको भन्दै उनले पार्टीलाई निरन्तर सघाउन आग्रह गरे ।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू प्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका देउवाले विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्न प्रयास गरिने विचार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us