आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १८:३९ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– मकवानपुरमा आफैंले ढालेको रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

बिहीबार स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा आफैंले ढालेको रुखले च्यापेर उनी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनको उपचारको क्रममा मवानपुर सहकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us