शिक्षक–कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १५:३२ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । काठमाण्डूको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिएका छन । उनले भने, ‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्‍यो ।

यसमा हाम्रो विमत्ति छ ।’ सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट बाहिरिएका थिए । लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us