नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।

सानो आन्द्रा, रगत र मुटुमा समस्या देखिएपछि उनी काठमाण्डूको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् । खासमा उनी बुधबार नै अस्पतालमा भर्ना भएकी थिइन् ।

तर पार्टी एकता घोषणा रहेकाले उनी अस्पतालबाटै कार्यक्रममा उपस्थित भएको बताइको छ । कार्यक्रमबाटै पार्टीका संरक्षक एवम् उनका श्रीमान् रेशम चौधरी पक्राउ परेका थिए ।

पक्राउपछि रेशमलाई छुट्टाउन उनी डिल्लीबजार कारागार पुगेकी थिइन् । रेशम रिहा भएपछि राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् ।

राति अबेरसम्म बसेपछि उनलाई थप समस्या भएको हो । त्यसपछि उनी आज बिहान पुनस् उपचारका लागि ग्रान्डीमा भर्ना भएको उनको स्वकीय सचिव भक्त चलाउनेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us