
काठमाण्डू, १८ वैशाख– पूर्वमन्त्री समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले कम्युनिष्टहरूले बिचौलिया र दलालहरूलाई ‘पोस्ने’ गरेको भन्दै निर्मम टिप्पणी गरेका छन् ।
आज (बिहीबार) परेको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै डा. रावलले यस्तो टिप्पणी गरेका हुन । नेता रावलले भनेका छन, ‘कम्युनिष्ट पार्टी भन्ने तर, बिचौलिया र दलालहरूलाई पोस्ने एवम् कम्युनिष्ट विरोधीसँग साँठगाँठ गरी सत्ता र पद हत्याइ मनपरी गर्ने कुकृत्यको अन्त्य होस् ।’
उनले अगाडी भनेका छन, ‘नेपालमा शासनसत्ता हातमा हुनेहरूमा संविधानको समाजवादउन्मुख प्रणाली र श्रमको उचित सम्मान गर्ने सद्बुद्धि आओस् ।’