
काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका चाबहिल चोकस्थित एक सुनचाँदी पसलमा आगलागी हुँदा करिब करोड बराबरको क्षति भएको छ ।
६६ वर्षीया राधा पाण्डेको घरको ग्राउण्ड फ्लोरमा काठमाण्डूको बसुन्धरा बस्ने भोजपुर घर भएका ४४ वर्षीय सन्तोष बराइलीले सञ्चालन गरेको सुनचाँदी पसलमा बिहीबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।
बराइलीको सिंगापुर ज्वेलर्समा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा सुन, चाँदी र नगद लगायतका सामान जलेर करिब ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
साथै उक्त आगो फैलिएर सोही घरमा रहेको जिएन ईलेक्ट्रोनिक्समा समेत आगलागी हुँदा भ्याकुम, फ्यान, वासिङमेसिन, ओभन लगायतका सामान जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।