सिंहदरबारमा ओली–देउवा भेटवार्ता, गएनन् प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख १८ गते १८:३६ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा उपस्थित नभएको पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार बिहीबारको छलफलका लागि प्रधानमन्त्रीको सचिवालयबाट बोलावट भएको थियो । ‘उहाँ जानुभएको छैन, बोलावट भएको थियो,’ स्रोतले भन्यो ।

समसामयिक राजनीति, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्नका लागि उनीहरू भेटवार्तामा जुटेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us