खेलकुद

चेल्सी शीर्ष स्थानमा

२०७० कार्तिक ६ गते १:२५

काठमाण्डु, ६ कात्तिक–च्याम्पियन्स लीगको पछिल्लो खेलमा चेल्सी र एथलेटिको मड्रिड विजयी भएका छन् । बार्सिलोना र एसी मिलानले भने बराबरी खेलेका छन् । गएराती भएको खेलमा चेल्सीले साल्केलाई ३–० गोल अन्तरले पराजित गर्यो । उसकालागि फर्नान्डो टोरेसले २ र एडन हाजार्डले एक गोल गरे...

टोटनह्यामले एस्टन भिल्लालाई हरायो

२०७० कार्तिक ४ गते २:१२

काठमाण्डु, ४ कात्तिक–घरेलु मैदानमा वेस्ट ह्याम युनाईटेडसित अप्रत्यासित हार बेहोरेपछि पुनः लिगमा फर्कदै टोटनह्यामले एस्टन भिल्लालाई पराजित गर्दै ३ अंक बटुलेको छ । आईतबार राति खेलिएको खेलमा एस्टन भिलाको घेरेलु मैदानमा खेलिएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो ।...

बार्सिलोना तीन अंक बटुल्नबाट बञ्चित

२०७० कार्तिक ३ गते ८:०६

जारी ला लिगामा स्पेनिस सुपरजाइन्ट बार्सिलोना पहिलो पटक तीन अंक बटुल्नबाट बञ्चित भएको छ । शनिबारको खेलमा बार्साले ओसासुनासंग गोलरहित बराबरी खेल खेलेपछि बार्साले पहिलो पटक लिगमा अंक बाँडेको हो । लगातार १३ खेलमा जित दर्ता गर्दै आएको बार्साको विजयी खेल शनिबारको खेलबाट रोकिएको...

आर्सनल लिग तालिकाको शीर्ष स्थानमा

२०७० कार्तिक ३ गते ४:१०

काठमाण्डु, ३ कात्तिक–ईङ्लिस प्रिमियर लिग अन्तरगत ८ चरणमा १९ अंकका साथ स्पस्ट अग्रता लिएर आर्सनल लिग तालिकाको पहिलो स्थानमा पुगेको छ । नर्विचलाई एकका विरुद्ध ४ गोलले पराजित गरि स्पस्ट ३ अंक हासिल गर्दै आर्सनलले लिग तालिकामा आफ्नो अग्रतालाई अझ बलियो बनाएको हो ।...

भारतविरुद्धको खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी

२०७० कार्तिक ३ गते २:१४

काठमाण्डु, ३ कात्तिक–भारत विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको छ । यो जितसँगै अष्ट्रेलियाले ७ खेलको श्रृंखलामा २–१ को अग्रता लिएको छ । भारतले दिएको ३ सय ४ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेटायो । अष्ट्रेलियालाई...

पुरुषतर्फको उपाधि २८ विगाहा र महिलातर्फको उपाधि भुताहालाई

२०७० कार्तिक २ गते १३:२१

परासी, २ कात्तिक– नवलपरासीको देउराली सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्र देउराली–५ बेलुवाको आयोजनामा संचालति प्रथम जिल्लास्तरिय नकआउट  फुटवल प्रतियोगिताको उपाधिमा जागरुक युवा क्लब २८ बिगाहाले कब्जा गरेको छ । शनिबार भएको फाइनल भिडन्तमा होण्डा शो रुम केउरेनिलाई ४–२ ले पराजित गर्दै जागरुक युवा क्लबले उपाधि...

राष्ट्रिय महिला फुटबलमा २८ समूहबीच प्रतिस्पर्धा हुने

२०७० असोज २९ गते ८:५८

काठमाण्डु, २९ असोज– १५औँ राष्ट्रिय महिला फुटबल प्रतियोगितामा २५ जिल्ला र तीन वटा विभागीय टोली गरी २८ समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव धीरेन्द्र प्रधानले दिएको जानकारी अनुसार आगामी कात्तिक ३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको विभागीय टिममा...

दिवाकर स्मृति फुटवलको उपाधि गर्दीलाई

२०७० असोज २५ गते १४:५२

चितवन, २५ असोज–माडीको बसन्तपुरमा जारी दिवाकर स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि गर्दी खेलकुद परिषदले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गदै गर्दीले उपाधि उचालेको थियो । उपाधि विजेता गर्दी खेलकुद परिषदले नगद...

विश्वकपको टिकट किन्न ६१ लाख बढी आवेदन

२०७० असोज २५ गते १४:३२

काठमाण्डु, २५ असोज–विश्वकप फुटबलको लागि उपलब्ध टिकटभन्दा झण्डै दोब्बर माग भएको छ । फिफाका अनुसार साढे ६१ लाख भन्दा बढी टिकट माग गर्दै आवेदन परेको छ । २ सय ३ देशबाट ६१ लाख ६४ हजार भन्दा बढी आवेदन परेको छ । आगामी बर्ष हुने...

रोहीत चन्द टप टेनमा पर्न सफल

२०७० असोज २५ गते १२:०१

काठमाण्डु, २५ असोज–नेपाली खेलाडी रोहीत चन्द इन्डोनेसियाको सुपर लीगमा उत्कृष्ट दस खेलाडी भित्र परेका छन् । इन्डोनेसियन सुपरलीगको शुरुमा पी.एस.पी.एस पेकानबरु क्लबबाट खेलेका रोहितले पछिल्लोपटक पेर्सिजा जाकार्ताबाट खेलेका थिए । एट्याकिङ मिडफिल्डको रुपमा खेल्ने रोहितले सुपरलीगमा दुई गोल पनि गर्न सफल भएका थिए ।...

भारतसँग अष्ट्रेलिया ६ विकेटले पराजित

२०७० असोज २५ गते ८:२३

काठमाण्डु, २५ असोज–अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी क्रिकेट म्याचमा भारत विजयी भएको छ । सुरतमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको हो । २ सय २ रनको विजय लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा विजय लक्ष्य भेटायो । भारतको जीतकालागि युवराज सिंहले ३५ बलमा ७७...

नेपाल अन्तिम खेलमा पनि पराजित

२०७० असोज २५ गते ८:२१

काठमाण्डु २५ असोज- एएफसी उन्नाइस वर्षमुनिको छनोट फुटबल प्रतियोगिताको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारस्थित दोहाको अल अरबी रङ्गशालामा गए राति भएको समूह ‘ए’ को छनोट चरणको अन्तिम खेलमा नेपाल आयोजक कतारसँग दुई शून्य गोलको लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us