काठमाण्डु, ५ मंसिर–युएइमा जारी विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा बुधबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो खेल जितेमा नेपालको विश्वकप खेल्ने संभावना बलियो हुनेछ । नेदरल्याण्ड्स समुहको शीर्ष स्थानमा नेपाल दोस्रो स्थानमा छन् । त्यसैले यो खेललाई निकै महत्वका साथ हेरिएको छ । यसअघि मंगलबार...
काठमाण्डु, ४ मंसिर । युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बीचको मंगलबारको खेलमा नेपालले पिएनजीलाई ७ विकेटले पराजित गरेको छ । युएईको शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्य नेपालले १८.२...
काठमाण्डु, ४ मंसिर– युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यूगिनी (पिएनजी) बीचको मंगलबारको खेलमा नेपालसामु पिएनजीले १४१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको छ ।...
काठमाण्डु, ३ मंसिर– ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसँग ८ विकेटले हार व्यहोरेको छ । यससँगे नेपालको अपराजित यात्रा सकिएको छ । नेपालले स्कटल्याण्डलाई १ सय ३८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य स्कटल्याण्डले ४ बल बाँकी छँदा...
काठमाण्डु, ३ मङ्सिर–श्रीलङ्काको रत्नपुरामा जारी प्रथम वादोरियो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले स्वर्ण पदक जितेका छन् । चार पुरुष र एक महिला खेलाडीले गएरातिको खेलमा स्वर्ण जितेको वादोरियोका प्रमुख प्रशिक्षक एवम् नेपाल कराते महासङ्घका महासचिव हरिशरण केसीले जानकारी दिए । पुरुषतर्फ सिमोन...
काठमाण्डु, ३ मंसिर– ट्वान्टी–ट्वान्टी विश्वकप छनौट क्रिकेटमा नेपाल र स्कटल्याण्ड सोमबार भिड्दैछन् । यी दुईबीचको खेल युएईको सेन्ट्रल एकेडेमीको दुईनम्बर मैदानमा अपरान्ह पौने चार बजे हुनेछ । यसअघिका दुबै खेल जितेको नेपाल स्कटल्याण्डविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रदैछ । नेपालले केन्या र डेनर्माकविरुद्धको खेल...
नेपालगन्ज, २ मङ्सिर– संविधानसभा निर्वाचन पर्यवेक्षणको अनुमति पाएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यवेक्षक टोलीहरुले बाँके जिल्लामा पर्यवेक्षणको काम सुरु गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का जिल्ला संयोजक लोकबहादुर शाहका अनुसार समितिको टोलीले बाँके जिल्लाका सबै मतदान केन्द्रमा पर्यवेक्षक परिचालन गरिसकेको छ ।...
काठमाण्डु, २ मंसिर– नाइजेरिया आगामी बर्ष ब्राजिलमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ । अफ्रीकी मुलकबाट विश्वकपका लागि छनौट हुने नाइजेरिया पहिलो राष्ट्र हो । गएराती भएको छनौट खेलमा इथियोपियालाई दुई–शून्यले हराउँदै नाइजेरियाले ब्राजिलको यात्रा तय गरेको हो । नाइजेरियाको जीतमा भिक्टर...
काठमाण्डु, १ मंसिर– भारत सरकारले विश्वचर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई देशको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मान गर्ने घोषणा गरेको छ । भारत रत्न पाउने सचिन नै पहिलो खेलाडी हुन् । सचिनले शनिबार आफ्नो दुई सय औं म्याच खेलेर क्रिकेट दुनियाँबाट सन्यास लिएका छन्...
काठमाण्डु, १ मंसिर– दुबईमा जारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालकाे लगातार दोस्रो विजय भएको छ । कडा चुनौती दिएको केन्यालाई ६ विकेटले हराउँदै नेपालको अविजित यात्रा कायम भएको हो । पहिले ब्याटिङ गर्दै केन्याले नेपाललाई १ सय ८३ रनको चुनौती दिएको छ ।...
काठमाण्डु, १ मंसिर । ब्राजिलमा हुने विश्वकप फुटबलको प्लेअफमा पोर्चुगलले स्वीडेनलाई पराजित गरेको छ । शुक्रबार राती भएको पहिलो प्लेअफमा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलमा स्वीडेनलाई १–० ले पराजित गरेको हो । रोनाल्डोले ८२ औं मिनेटमा लो हेड गोल गरेका थिए । दोस्रो लेग स्वीडेनमा...
काठमाण्डु, १ मंसिर । युएईमा जारी विश्वकप छनौट ट्वान्टी–ट्वान्टी क्रिकेटको दोस्रो खेलमा नेपालले शनिबार केन्याको सामना गर्दैछ । विगतका प्रदर्शनलाई हेर्दा केन्या नेपालभन्दा बलियो टोली छ । विश्वकपको अनुभवि केन्यालाई हराउन नेपाललाई कठिन पर्ने अनुमान गरिएको छ । यद्यवी पछिल्लो समय खराब प्रदर्शनबाट गुज्रिदै...