लिग विजेताले ७५ र उपविजेताले ४५ लाख पाउने

काठमाण्डु टुडे २०७० पुष ११ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ११ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ७५ लाख र उपविजेताले ४५ लाख नगद पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

अघिल्लो सिजनको उपविजेताले ३५ लाख पाएपनि अब देखि ४५ लाख दिइने एन्फाले जनाएको छ ।

त्यस्तै तेस्रो हुनेको पुरस्कार पनि १५ लाखबाट बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ । चौथो हुनेले १५ लाख, पाँचौ हुनेले ७ लाख तथा छैटौंले ५ लाख पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साथै अब एन्फाले लिग खेल्ने क्लबहरुलाई १० लाख रुपैयाँ खर्च दिने भएको छ ।

प्रतियोगितामा २ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान छ । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले १० वटा क्लबको लिग बनाउने तयारी गरेको बताए । सुपरसिक्स प्रणालीमा खेलाइने लिगमा १३ क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us