पाकिस्तानसँग नेपाल १ सय ३२ रनले पराजित

काठमाण्डु टुडे २०७० पुष १३ गते १२:४९ मा प्रकाशित

Pakistan-vs-Nepal copyकाठमाण्डु, १३ पुस– १९ वर्ष मुनिको एसिया कपमा समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १ सय ३२ रनले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय १२ रनको लक्ष्य पच्छ्याउने क्रममा नेपालले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि अमित श्रेष्ठले सर्वाधि ६० रन बनाए । यस्तै सुनिल धमलाले ३९, आरिफ शेखले २५ तथा विभत्सु थापाले २२ रन बनाए ।

टस जितेर पाकिस्तानले ब्याटिङ रोज्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका लागि शामी अस्लामले सर्वाधिक १ सय ८ रन तथा हसन राजाले १ सय रन बनाए ।

नेपालले आइतबार भारतसँग खेल्नेछ भने मंगलबार युएईसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us