अन्तराष्ट्रिय हात्तीदौड प्रतियोगिता जारी

काठमाण्डु टुडे २०७० पुष १२ गते २:२४ मा प्रकाशित

Chitwan-tourist-minister Shresthaचितवन, १२ पुस–चितवनको सौराहामा जारी अन्तराष्ट्रिय हात्तीदौड एवं चितवन हात्ती महोत्सवमा शुक्रबार विभिन्न खेलहरु हुदैछन् । विहीबार पहिलो दिन समयअभावका कारण सबै हात्तीहरुलाई सहभागि गराउन नसकिएकाले शुक्रबार सबै हात्तीहरुलाई दोस्रो चरणको दौडमा सहभागि गराईने आयोजकले जनाएको छ ।

हात्तीदौड प्रतियोगितामा २० वटा समुहले सहभागिता जनाउने क्षेत्रीय होटल संघका कार्यालय सचिव मनोज सुनारले जानकारी दिए ।

हात्तीदौड तर्फ  भारत, बेलायत, चेकोस्लोभाकिया, हङकङ, अष्ट्रेलिया, जर्मनीका ६ वटा टिम र स्वदेशी १४ गरी २० वटा समुहले भाग लिएका छन् ।

त्यसैगरी गाडा दौड, टाँगादौड र हात्तीका छावाहरुबीचको रोमाञ्चकारी फुटबल प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएको छ । गाडा र टाँगा दौडमा २१ वटा समुहले सहभागिता जनाउदैछन् भने छावाहरुबीचको फुटवल प्रतियोगितामा ४ वटा छावाहरु सहभागि हुदैछन् ।

प्रतियोगिताको मुख्य आर्कषण मानिएको हात्ती सुन्दरी प्रतियोगिता भने शनिबारदेखि सुरु हुनेछ । हात्तीदौड र छावाहरुबीचको फुटवल प्रतियोगिताको फाईनल खेल पुस १५ गते र अन्य खेलहरुको फाईनल प्रतिष्पर्धा १४ गते हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us