म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० पुष १४ गते १:५४ मा प्रकाशित

Manchester-City-Vs-Crystal-Palaceकाठमाण्डु, १४ पुस–क्रिस्टल प्यालेसलाई एक–शून्यले हराउँदै म्यान्चेस्टर सिटी यस वर्ष पहिलोपटक प्रिमियर लिग तालिकको शीर्ष स्थानमा पुगेको छ । पहिलो हाफसम्म गोलरहित बराबरीमा रहेको खेलमा दोस्रो हाफको ६६ औं मिनेटमा बोस्नीयाका खेलाडी एडिन जेन्कोले गोल गर्दै क्लबको शीर्ष स्थान सुनिश्चित गराएका हुन् । क्लबकालागि उनले गरेको यो ५० औं गोल हो ।

सिटीको जीतसँगै यस वर्ष जारी लीगको अधिकांश समय तालिकाको शीर्ष स्थानमा रहेका आर्सनल दोस्रो स्थानमा झरेको छ ।

सिटीभन्दा एक खेल कम खेलेको आर्सनल सोमबार रातीको खेलमा न्युक्सलसँग विजयी भए फेरि एकपटक लीग तालिकाको शीर्ष स्थानमा उक्लिने छ । लिग तालिकाको शीर्ष तीन स्थानमा कायम रहन सोमबार नै लिभरपुल र चेल्सी पनि आपसमा भिड्ने छन् । लीग तालिकाका शीर्ष स्थानमा रहेको सिटीको ४१ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । आर्सनलले सिटी भन्दा एक खेल कम खेलेको छ ।

त्यस्तै यस साताको एक खेल खेल्न बाँकी रहेका चेल्सी र लिभरपुलको क्रमशः ३७ र ३६ अंक छ ।

गएराति भएका अन्य खेलमा भने म्यानचेस्टर युनाईटेड र नर्बीचबीचको खेल एक–शून्यले युनाईटेडको पक्षमा रह्यो । त्यस्तै हल सिटीले फुल ह्यामलाई ६–० को विशाल अन्तरले पराजित गर्यो । एस्टन भिल्ला र स्वान्सी तथा कार्डिफ र सन्डरल्याण्डबीचको खेल भने क्रमशः एक–एक र दुई–दुई गोलको बराबरीमा टुङ्गियो । वेस्टह्याम र वेस्टबु्रमबीचको खेल भने ३–३ गोलले बराबरीमा रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us