पारसको कप्तानी इनिङले नेपाल विजयी

काठमाण्डु टुडे २०७० पुष ९ गते १२:२२ मा प्रकाशित

Nepali-Cricket-team_winकाठमाण्डु, ९ पुस – कप्तान पारस खड्काले ९१ रनको सानदार पारी खेलेपछि नेपाल आफ्नो तेस्रो अभ्यास खेलमा पनि विजयी भएको छ ।

एक दिवसीय विश्वकपको तयारीका क्रममा श्रीलंकामा रहेको नेपालले स्थानीय पोर्ट्स अथोरिटी क्रिकेट क्लवलाई २ विकेटले हराएको हो ।

२ सय १ रनको मध्यम लक्ष्य पूरा गर्ने क्रममा कप्तान पारसले ९१, सरद भेषावकरले ३४ तथा प्रदिप ऐरीले २४ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय रन जोडेको थियो । नेपालका लागि सागर पुनले ४, पृथु बास्कोटा र अविनाश कर्णले समान २ तथा बसन्त रेग्मीले १ विकेट लिए ।

श्रीलंका भ्रमणका क्रममा यसअघि खेलेका दुबै खेल नेपालले जितेको थियो । श्रीलंकामा थप एक अभ्यास खेल खेलेर नेपाली टिम न्युजिल्याण्ड जाने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us